images
images
images

कुमारी बैंकका ग्राहकलाई काठमाडौं नेत्रालयमा छुट अफर

images

पूर्वाधार वाच, काठमाडौं ।

कुमारी बैंक लिमिटेड र गोल्फुटार, काठमाडौंस्थित काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आई केयर सेन्टर प्रालिबीच कुमारी बैंकका ग्राहकलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौताअनुसार काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबाट बैंकका ग्राहकहरूले चिकित्सक परामर्शरजाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवाबाट रकम भुक्तानी गर्दा १०५ छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवासागै अधिकतम लाभ समेत प्राप्त गर्न सक्नेमा बैंकले विश्वास जनाएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने बैंकको प्रतिबद्धता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्