images
images
images

पोखरामा रवि लामिछानेविरुद्ध कालोझण्डा र नाराबाजी

images

पूर्वाधार वाच, पोखरा ।

पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कालोझण्डा र नाराबाजी गरिएको छ ।

पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न सोमबार पोखरा पुगेका सभापति लामिछानेलाई सहकारी पिडितले कार्यक्रमस्थल पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटबाहिर कालो झण्डा र नाराबाजी गरेका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ताहरुले कालोझण्डा देखाउदै आफुहरुको बचत रकम फिर्ता गर्न माग गर्दै नाराबाजी गरेका थिए । सहकारी पीडितको प्रदर्शनका कारण सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्