images
images
images

इन्जिनियरको निर्वाचन चहलपहल तीव्र, नियोनबाट श्रेष्ठको उम्मेदवारी

images

पूर्वाधार वाच, काठमाडौं । 

आगामी भदौ २८ गते हुने नेपाल इन्जिनियरिङ एसोसियसनको निर्वाचनको मिति नजिकिएसँगै इन्जिनियर पेशाकर्मीको सक्रियता र चहलपहल हवात्तै बढेको छ ।

चुनावका लागि भिन्न भिन्न ६ वटा समूह प्रतिस्पर्धामा सक्रिय छन् । निर्वाचनमा भाग लिन नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, एकीकृत समाजवादी, विप्लव र सिके राउतको संयुक्त समूह र भक्तपुरमा रहेको इन्जिनियर समाज नेपाल निकट समूहले प्रतिष्पर्धा गर्ने भएका हुन् ।

एसोसियसनको ३४ औं महाधिवेशन मार्फत गठन हुने नयाँ कार्यसमितिले आगामी २ वर्षको कार्यकालको लागि नेतृत्व गर्ने छन् ।

एसोसिएसनको नयाँ नेतृत्वका लागि लोकतान्त्रिक समूहबाट ‘सिडेन’ ई. सुभाषचन्द्र बराल, प्रगतिशील समुहबाट प्राडा विष्णुप्रसाद पाण्डे, नेपाल राष्ट्रिय इन्जिनियर संगठन ‘नियोन’बाट दिपक श्रेष्ठ र एकिकृत समाजवादी समुहबाट नन्दलाल बन्जाडेले प्रतिष्पर्धा गर्नेछन् ।

मजदुर किसान पार्टी भक्तपुरको इन्जिनियर समाज नेपालको प्रतिनिधित्व गर्दै राजेन्द्रप्रसाद हाडाले अध्यक्षमा उम्मेदवारी दिएको नेपाल ईन्जिनियरिङ एसोसिएसन निर्वाचन सचिवालयले जानकारी दिएको छ ।

नेईएको निर्वाचनमा नेपाल खानेपानी संस्थानमा कार्यरत ईन्जिनियर दिपक श्रेष्ठले नेपाल राष्ट्रिय इन्जिनियर संगठन ‘नियोन’को तर्फबाट नेतृत्व लिँदै चुनावमा होमिनुभएको छन् ।

संगठनले चुनावको लागि नेतृत्व गर्न श्रेष्ठलाई दिएको जिम्मेवारी पुरा गर्ने उद्देश्यका साथ संस्थामा उर्जावान ढंगबाट परिवर्तन ल्याउने उक्त समूहको दाबी छ । इन्जिनियरिङ पेसाको विकासमा विगतको भन्दा फरक भूमिकामा उभिने श्रेष्ठको भनाई छ ।

नियोनका उम्मेदवार इन्जिनियर दीपक श्रेष्ठको नेतृत्वमा उपाध्यक्ष श्याम नारायण चौधरी, महासचिवमा राजेन्द्रबहादुर क्षेत्री, उप–महासचिवमा गजेन्द्र कुमार झा, कोषाध्यक्षमा देवेन्द्रबहादुर राउत, सह–कोषाध्यक्षमा भुवन पौडेललाई लिएर चुनावी मैदानमा उत्रेका छन् ।

देशभर एसोसिएसनमा आबद्ध पेशाकर्मीसँग मत माग्दै अध्यक्ष श्रेष्ठले पेशागत हक र हितको लागि जस्तो कठिन परिस्थितिमा पनी चट्टानी अडान लिन तयार रहेको बताए ।

श्रेष्ठले संस्थानबाट प्रतिनिधित्व गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा करिव ८ वर्ष जिम्मेवारी सम्हाली सकेका छन् । हाल नेपाल खानेपानी संस्थान प्रधान कार्यालयमा रहेका श्रेष्ठले संस्थामा नेतृत्व गर्न पाउँदा पेशागत हितमा कुनै पनि मूल्य नचुकाउने दाबी गरेका छन् ।

संस्थामा दिएको योगदानलाई कदर गर्ने प्रतिबद्धता जनाएका अध्यक्षका उम्मेदवार श्रेष्ठले नयाँ विचार र दृष्टिकोणलाई नयाँ उचाइमा पु¥याउन प्रतिबद्धता गरेसँगै आफ्नो पक्षमा माहोल बनेको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्