images
images
images

दुःखैदुःखबाट हुर्केर पनि देश बनाउने सपना बोकेका गोरखाका सुवासचन्द्र बरालको कथा 

images

पूर्वाधार वाच, काठमाडौं ।

इन्जिनियर सुवासचन्द्र बराललाई जीवनमा यति दुःख भोग्नुपर्ला भन्ने त थिएन तर जे जस्तो परे पनि पार लाग्छु भन्नेचाहिँ सामैमा थियो ।

तत्कालीन गण्डकी अञ्चलको गोरखामा जन्मिएका उनले आफ्नो जीवनमा धेरै हण्डर खाए । लोकतन्त्र प्राप्तिको आन्दोलनमा बाबु जेल परे । आमाको लालन पालनबाट हुर्कँदै गरेका उनले आमाबाट मातृ वात्सल्य मात्र होइन समस्यासँग जुध्ने साहस पनि पाए ।

र, देशको शैक्षिक सुधारका क्रममा मृत्युवरण गर्नुपरेका मुक्तिनाथ अधिकारीजस्ता ससुरा समेतको प्रेरणा अनि जीवनका कैयन ठक्करहरूले अहिले देशमा स्वदेशी श्रोतमै उत्कृष्ट जलविद्युत आयोजना चलाउन सकिन्छ भन्ने कुरा उनले प्रमाणका रूपमा पेश गर्न सफल भएका छन् ।

२०५७ सालमा पुलको इन्जिनियरका रूपमा सेवा थालेका बरालले २०७२ सालमा २.५ मेगावाटको दरम खोला लघु जलविद्युत आयोजना निर्माण गरे ।

नेपाली र गैर आवासीय नेपालीको लगानीमा सम्पन्न आयोजना पछि उनकै पहलमा २१ मेगावाटको म्याग्दीस्थित ठूलो खोला जलविद्युत आयोजना अहिले निर्माण सकिने चरणमा छ ।

नेपाल हाइड्रो भेञ्चरमार्फत ४३ मेगावाटको जलविद्युत उत्पादनको तयारी थालेका बरालले सबैमा आफैँसँग सक्रिय इञ्जिनियरहरुलाई मालिक बनाएका छन् । इञ्जिनियरहरुको क्षमता बढाएर रोजगारभन्दा उद्यमशीलता बढाउने सपना बोकेका उनले त्यही बलमा अहिले इञ्जिनियर्स एसोसिएसनको नेतृत्व सम्हाल्ने सपना बुनेका छन् ।

उम्मेदवारी दिए लगत्तै उनले प्रदेश र स्थानीय तहसम्मै इन्जिनियरको संगठन बलियो र क्षमता वृद्धिको योजना सार्वजनिक गरेका छन् । हालसम्म इन्जिनियर प्रशासकीय नहुने र संघीय मन्त्रालयमा पनि सचिव कम रहेको अवस्थामा असमानता हटाउन नीतिगत पहल गर्ने घोषणा उनले गरेका छन् ।

गण्डकीको पुत्रका रूपमा उदाएका बराल आफू मात्र बनेनन् धेरै इञ्जिनियरहरुलाई पनि बनाए । र, यही बलमा उनी इञ्जिनियरहरुको साझा नेता बन्ने दौडमा छन् । यस्तोमा उनी आफ्नो भूमि गण्डकीसँगै देशैभरबाट साथ र समर्थनको प्रतीक्षामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्