images
images
images

जलवायु परिवर्तनसँग सम्बन्धित चुनौतीहरुको सामना गर्ने पूर्वाधार निर्माण गर्नुपर्छ : मन्त्री दाहाल

images

पूर्वाधार वाच, काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक पूर्वाधारहरुका संरचना बनाउँदा सन्तुलित विकासको अवधारणा अनुसार गरिने बताएका छन् ।

बिहीवार पाँचौ नेपाल पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री दाहालले सडक र भवन लगायतका संरचनाहरु बनाउँदा सन्तुलित विकासका अवधारणा अनुसार विकासका काम अगाडी बढाउने बताएका हुन् । उनले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउने गरी डिजाइन गर्न शुरु गरेको बताए ।

उनले अबका पूर्वाधारहरु एक सय वर्ष पछिका आवश्यकता र प्रविधि अनि विकासका सम्भावना र चुनौतीहरुलाई मध्यनजर गरी बनाउने सरकारको योजना रहेको स्पष्ट पारे । उनले अब बन्ने पूर्वाधारहरु जलवायु अनुकुलन र जलवायु परिवर्तनसँग सम्बन्धित चुनौतीहरुको सामना गर्ने हुनुपर्छ भन्ने सोचाई सरकारको रहेको बताए ।

उनले पूर्वाधारहरु विपद् जोखिम न्युनिकरण र प्रदुषणरहित प्रविधिका सिद्धान्त अवलम्वन गरी निर्माण गर्नुपर्नेमा जोड दिए । उनले सडक सुरक्षामा सडक डिजाइन, निर्माणका अन्तर्राष्ट्रिय मापदण्डहरु अवलम्वन गर्न कडाइका साथ लागि परेको जानकारी गराए । मन्त्री दहालले सडक सुरक्षा ऐन छिट्टै सदनमा ल्याउने तयारीमा रहको पनि उल्लेख गरे ।

उनले भने, ‘पूर्व-पश्चिम मार्गहरु बनाउने सन्दर्भमा हामी लक्ष्यमा पुग्न लागेका छौँ । उत्तर–दक्षिणका हाम्रा बाटाहरु रणनीतिक महत्वका बाटाहरु हुन् । विभिन्न करिडोरका रुपमा बन्दै गरेका यि बाटाहरुले चीन र भारत मात्र होइन चिनको बाटो हुँदै युरोपसम्मको हाम्रो पहुँचलाई सहज बनाउँछ भन्ने हाम्रो धारणा रहेको छ । निजगढलाई हामीले हवाई मार्ग, सडक मार्ग र रेल मार्गको केन्द्रबिन्दुको रुपमा विकास गर्न खोजेका छौँ । यसलाई हामीले ट्रान्सपोर्टेशनको हबको रुपमा विकसित गर्न खोजेका छौँ । त्यसैले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो प्रथम प्राथमिकतामा परेको छ । बर्दिवास–निजगढ रेलमार्ग छिट्टै जोड्ने र काठमाडौं–निजगढ द्रुतमार्ग छिट्टै निर्माण गर्ने लक्ष्य लिएका छौँ । पर्यटनलाई प्रवद्र्धन गर्नका लागि प्राइभेट–पब्लिक साझेदारी गर्दै इन्फास्ट्रक्चर बनाउनु जरुरी छ । सरकारले पर्यटकीय स्थलहरुको स्तरोन्नति र सौन्दर्यकरण गर्न आवश्यक छ भने नीजि क्षेत्रबाट सञ्चालित होटल व्यवसायलाई प्रोत्साहन गर्न पनि जरुरी छ । हाम्रा विकासका आयोजनाहरु र संरचनाहरु योजनावद्ध र दिर्घकालीन सोँचको आधारमा बन्न नसकेको साँचो हो । त्यसको फलस्वरुप जता प्रधानमन्त्री अथवा जता मन्त्री त्यस्तै विकास भन्ने भाष्य निर्माण हुन गयो यसलाई तोड्न जरुरी छ । अब हामीले भौतिक पूर्वाधारहरु सडक र भवन लगायतका संरचनाहरु बनाउँदा सन्तुलित विकासका अवधारणा अनुसार विकासका काम अगाडी बढाउने र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउने गरी डिजाइन गर्न शुरु गरेका छौं । अबका पूर्वाधारहरु एक सय वर्ष पछिका आवश्यकता र प्रविधि अनि विकासका सम्भावना र चुनौतीहरुलाई मध्यनजर गरी बनाउनु पर्छ भन्ने सोचाइ र योजना रहेको छ । अब बन्ने पूर्वाधारहरु जलवायु अनुकुलन र जलवायु परिवर्तनसँग सम्बन्धित चुनौतीहरुको सामना गर्ने हुनुपर्छ भन्ने सोचाईमा छौं । हामी पूर्वाधारहरु विपद् जोखिम न्युनिकरण र प्रदुषणरहित प्रविधिका सिद्धान्त अवलम्वन गरी निर्माण गर्नुपर्छ भन्ने त्यही अनुसारका आयोजना बनाई त्यही अनुसारका योजना बनाइरहेका छौं। सडक सुरक्षामा सडक डिजाइन, निर्माणका अन्तर्राष्ट्रिय मापदण्डहरु अवलम्वन गर्न कडाइका साथ लागि परेका छौं । सडक सुरक्षा ऐन छिट्टै सदनमा ल्याउने तयारीमा छौँ । पूर्वाधारहरु निर्माणमा मानविय सुरक्षा मापदण्ड निर्धारणमा विशेष योजना बनाई कडाइका साथ लागु गर्नुपर्छ भन्ने सोचाईमा छौं।’

उनले पूर्वाधारहरु निर्माणमा मानविय सुरक्षा मापदण्ड निर्धारणमा विशेष योजना बनाई कडाइका साथ लागु गर्नुपर्ने बताए । -न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्