पूर्वाधार वाच, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य कर कोषको सबै रकम स्वास्थ्य बीमा कार्यक्रमका लागि विनियोजन गर्नुपर्ने बताएका छन्।
स्वास्थ्य बीमालाई ५ लाखसम्म स्रोतको सुनिश्चित गर्न पनि सो व्यवस्था आफूहरु लागि परेको मन्त्री पौडेलको भनाई थियो ।
शुक्रवार वीर अस्पतालमा डा। केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ कार्यक्रममा बोल्दै उनले सरकारी कर्मचारीहरुको तलवको २ प्रतिशत रकम पनि स्वास्थ्य विमा कार्यक्रममा लागि छुट्याउनुपर्ने प्रस्ताव गरे ।
स्वास्थ्य बीमाको स्रोत सुनिश्चित गर्नका लागि सरकारले आधारको खोजी गरिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले त्यसका व्यवस्था हुनेबित्तिकै स्वास्थ्य बीमाबापत ५ लाख रकम पाउने व्यवस्था गर्ने बताए । त्यस अवसरमा उनले वीर अस्पतालको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि सरकारले सक्दो सहयोग गर्ने आश्वासन समेत दिए ।
उनले भने, ‘राज्यको वेतन खानेहरुले २ प्रतिशत विमामा योगदान गर्ने व्यवस्था हुनुपर्छ भनेर हामीले भनेका छौं । स्वास्थ्य कर कोषको सबै पैसा बीमामा जाने व्यवस्था गरिनुपर्दछ । आज १२ अर्व उठ्छ भने त्यसको २४ अर्ब उडने व्यवस्था गरिनुपर्दछ । मैले त के सम्म भनेको छु भने आमा बा विरामी हुनुहुन्छ । उहाँहरुले ५ लाखको बीमा पाउनुभयो भने १२ महिना उहाँहरुले भत्ता पाउनु हुन्छ । त्यसका एक महिनाको पैसा विमाको प्रिमियम तिर्न तयार हुनुहुन्छ । ५ लाखको उपचार पाईन्छ भने किन तयार नहुने रु त्यसैले यसको स्रोत सुनिश्चित गर्नका निम्ति हामीले आधार खोजीरहेका छौं । यो आधार विश्वसनीय भईसकेपछि सरकारले ५ लाख बीमा प्राप्त गर्नेगरी यो बीमाको व्यवस्थापन गर्नेछ ।’
मन्त्री पौडेलले स्वास्थ्य विमालाई प्रभावकारी बनाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि मातहतका निकायलाई निर्देशन दिए । कार्यक्रममा अवसरमा अस्पतालका उपकुलपति प्रा. डा. भूपेन्द्र बस्नेतले आम नागरिकले चुस्त ढंगले सेवा पाउने गरी अस्पतालको कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्