images
images
images

गरिमा विकास बैंकको सीइओमा रेग्मी नियुक्त

images

पूर्वाधार वाच, काठमाडौं ।

गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त भएका छन् । असोज १ गतेदेखि लागू हुने गरी कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

रेग्मी यसअघि सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । दुई वर्ष सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पूरा गरेका रेग्मीलाई कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

रेग्मीसँग एक दशकभन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनी पेशाले लेखापरीक्षक समेत रहेको बुझिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्