पूर्वाधार वाच, काठमाडौं ।
शुक्रबार बिहानैदेखि परेको वर्षाका कारण मुग्लिङ-काठमाडौं सडक खण्डमा एक दर्जन भन्दा बढी स्थानमा पहिरो जादा सडक अवरुद्ध भएको छ ।
यस सडक खण्डमा कोइराले, ८ किलो, नागढुङ्गा, सुरुङमार्ग लगायतका लगायसका ठाउमा खसेको पहिरोका कारण यातायात अवरुद्ध रहेको छ । प्रहरीले पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास जारी रहेको बताएको छ ।
बर्षा नरोकिएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न समेत प्रहरीले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्