पूर्वाधार वाच, सुनसरी ।
सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह घट्नेक्रममा रहेको छ । यद्यपी अहिले पनि खतरनाक विन्दु पनि पारको अवस्थामा रहेको सप्तकोशी जलमापन केन्द्रले जानकारी दिएको छ ।
आइतबार अपराहन्न साढे ४ बजेसम्मको अपडेट अनुसार सप्तकोशीमा ३ लाख ५० हजार ३७० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको छ । अहिले पनि ब्यारेजका सबै ५६ ढोका खोलिएको छ ।
यस बर्ष कोशी ब्यारेजमा पाँच दशकमै सबै भन्दा बढी जलसतह मापन गरिएको छ । आज बिहान जलसतह ६ लाख ६१ हजार क्युसेक प्रतिसेकेण्डसम्म पुगेको थियो । सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्