पूर्वाधार वाच, काठमाडौं ।
जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा काठमाडौंको वबरमहलस्थित कार्की ब्यांक्वेटमा भव्य रूपमा सम्पन्न भएको छ। सभामा संस्थाका अध्यक्ष श्री हेमबहादुर कार्कीको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष श्री चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्य रहेको थियो।
साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक विवरण तथा आगामी कार्ययोजना प्रस्तुत गर्दै संस्थाको वित्तीय अवस्था, सेवा विस्तार र सुशासनप्रति प्रतिबद्धता व्यक्त गरिएको थियो। सभाले संस्थालाई थप दिगो, व्यवस्थित र सदस्य–केन्द्रित बनाउँदै लैजाने नीतिमा जोड दिएको छ।

सभाको अवसरमा उत्कृष्ट शेयर सदस्य तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो भने सदस्यहरूद्वारा उत्पादित विभिन्न घरेलु सामग्रीहरूको प्रदर्शनी तथा बिक्री कार्यक्रमसमेत आयोजना गरिएको थियो। यसले सदस्यहरूको उद्यमशीलता प्रवर्द्धनका साथै संस्थाबीचको सहकार्य र आत्मनिर्भरतालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले सहकारीको सिद्धान्त, पारदर्शिता र सदस्यको सक्रिय सहभागिताले मात्र सहकारी संस्था दीर्घकालीन रूपमा सफल हुने उल्लेख गरे। अध्यक्ष कार्कीले उपस्थित सबै अतिथि, पत्रकार, शेयरधनी सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि संस्थाको विकासका लागि निरन्तर साथ, सहयोग र सुझावको अपेक्षा गरिएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्