images
images
images

एकीकृत समाजवादीका सांसदले १५ दिनको तलब राहत कोषमा दिने

images

पूर्वाधार वाच, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका सांसदहरूले बाढी पहिरो प्रभावितका लागि १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् ।

एकीकृत समाजवादीका उपमहासचिव तथा सचेतक मेटमणि चौधरीले अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै पार्टी र दलको निर्णयअनुसार सांसदहरूका तर्फबाट सो सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

नेकपा एकीकृत समाजवादीका प्रतिनिधिमा १० र राष्ट्रियसभामा ८ गरी १८ जना सांसद रहेका छन् । चौधरीले आफ्नो पार्टीका सांसदको १५ दिनको पारिश्रमिक कोषमा जम्मा गरिदिन संसद सचिवालयलाई पत्र लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्