images
images
images

लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर

images

एजेन्सी । लेबनान, इजरायल र संयुक्त राज्य अमेरिकाले दुई मध्य पूर्व विरोधीहरू बीच शान्ति सम्झौताको लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतामा लेबनानी सैनिकहरूले इजरायलले कब्जा गरेको दुई क्षेत्रहरू नियन्त्रणमा लिने प्रयासका साथै हेजबुल्लाहलाई निशस्त्र पार्ने उद्देश्यले एक प्रक्रिया समावेश छ भने यो अमेरिकामा भएको पाँचौ चरणको वार्ताको परिणाम हो ।

सम्झौताले “स्थायी शान्ति र सुरक्षाका लागि आवाश्यक ढाँचा बनाउन सुरु गरेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हस्ताक्षर समारोहमा बताउनुभएको छ । वासिङ्टनका लागि लेबनानका राजदूत नाडा हमादेह मोवादले सम्झौता लेबनानको सार्वभौमिकता र क्षेत्रीय अखण्डता पुनस्र्थापना गर्ने, शत्रुताको अन्त्य सुनिश्चित गर्ने र लेबनानी जनतालाई आफ्नो भूमिमा फर्कन सक्षम बनाउने मार्गमा पहिलो कदम भएको बताउनु भएको छ ।

हेजबुल्लाहले मार्च –२ मा लेबनानलाई मध्य पूर्व युद्धमा ल्याएको थियो भने अमेरिका–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको हत्याको बदला लिन इरानले इजरायललाई लक्षित गरी रकेट फायर गर्यो । जरको जवाफ इजरायलले आक्रमणको साथ दियो, र यसको सेनाले दक्षिणी लेबनानको भागहरूमा कब्जा जारी राख्यो ।

इजरायल र लेबनानले “द्वन्द्वलाई निर्णायक रूपमा अन्त्य गर्ने, यसको अन्तर्निहित कारणहरूलाई सम्बोधन गरी उनीहरूबिचको युद्धलाई औपचारिक रूपमा समाप्त गर्ने आफ्नो इच्छा घोषणा गरेका छन् । यसले स्थापित गरेको प्रक्रियाले लेबनानी इलाकामा सार्वभौम अधिकार“ पुनस्र्थापित हुने आशा गरिएको छ ।

सम्झौताको बावजुद, इजरायल र हेजबोल्लाह राज्यको नियन्त्रण बाहिर एक शक्तिशाली सशस्त्र शाखा पनि राख्ने जनाउदै यसले स्पष्ट मतभेदहरू बाँकी रहेको जनाइएको छ । हेज्बुल्लाहका प्रमुख नईम कासिमले इजरायलसँग लेबनानी भूमिबाट पूर्ण रूपमा फिर्ता हुनुको कुनै विकल्प नभएकाले सेनाले बिना शर्त यो भुमी छोड्र्नुे बताउनुभएको छ ।

यद्यपि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सम्झौता घोषणा भएको केही समय पछि इजरायली मिडियामा साझा गरिएको भिडियोमा हेजबुल्लाहले आफ्नो हतियार नछोडेसम्म इजरायलको लेबनानबाट बाहिर निस्कने कुनै योजना नभएको बताउनु भएको छ ।

सम्झौता जारी गर्नु अघि, नेतान्याहूले आफ्नो सेनाले लेबनानी सेनालाई लेबनानको लिटानी नदीको दक्षिणमा र अर्को यसको उत्तरमा क्षेत्रको नियन्त्रण लिन अनुमति दिने बताउनुभएको छ । सम्झौता अनुसार, “एलएएफले यी क्षेत्रहरूमा पूर्ण र प्रभावकारी सुरक्षा जिम्मेवारी ग्रहण गर्नेछ, भने अन्तर्राष्ट्रिय रूपमा समर्थित पुनर्निर्माण प्रयासहरू सुरु हुनेछन्, र लेबनानी नागरिकहरू सुरक्षित रूपमा यी क्षेत्रहरूमा फर्कन सक्षम हुनेछन् ।

यसैबिच रुबियोले विज्ञप्ति जारी गर्दै सम्झौताले हेजबुल्लाह र यसको पूर्वाधारलाई निशस्त्र बनाउन “स्पष्ट र संरचित प्रक्रियाका साथै सम्झौता कार्यान्वयन गर्न मद्दत गर्न अमेरिकी सुविधायुक्त सैन्य कार्य समूह पनि स्थापित गर्ने बताउनु भएको छ । वासिङ्टनका शीर्ष कूटनीतिज्ञले संयुक्त राष्ट्र सङ्घसँगको समन्वयमा संयुक्त राज्य अमेरिकाले मानवीय सहायताका लागि १० करोड डलर दिने पनि बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला प्रमुख टम फ्लेचरले सम्झौताको प्रशंसा गर्दै वासिङ्टनमा भएको हस्ताक्षरलाई “आशा र अवसरको क्षण“ भन्नु भएको छ । यस अघि अमेरिकी दबाबमा, लेबनानी र इजरायली अधिकारीहरूले अप्रिलमा वासिङ्टनमा प्रत्यक्ष वार्ता सुरु गरेका थिए भने अप्रिल –१७ मा युद्धविराम घोषणा गरिएको थियो ।

युद्धको अन्त्य गर्न लेबनानलाई वासिङ्टनसँगको सम्झौतामा समावेश गर्न तेहरानले जोड दिए पछि यस महिनाको सुरुमा नयाँ युद्धविराम घोषणा गरिएको थियो । लेबनानी अधिकारीहरूका अनुसार द्वन्द्वले १० लाख भन्दा बढी लेबनानीहरूलाई विस्थापित गरेको छ भने चार हजार २०० भन्दा बढीको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्