पूर्वाधार वाच, काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश पदमा नियुक्त गरेका छन् । आइतबार राष्ट्रपति पौडैलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
यस अघि राउतलाई असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्