images
images
images

भ्रष्टाचारी जोगाउन बनेको ओली सरकार छिट्टै ढल्दैछ: मेटमणि चौधरी

images

पूर्वाधार वाच, दाङ ।

नेकपा ‘एकीकृत समाजवादी’का संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले अब यो सरकार नरहने धारणा राखेका छन् ।

एकीकृत समाजवादी दाङको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका चौधरी भने, ‘भ्रष्टाचारी जोगाउन बनेको यो गठबन्धन अब छिट्टै भत्किदैछ । प्राकृतिक विपत्तिको पूर्व सूचना पाउँदा पाउँदै सरकार मूकदर्शक बन्यो । काठमाडौंभित्रै त्यत्रो विपत्ति टुलुटुलु हेरेर बस्यो । २४ घण्टासम्म जनताले उद्धार पाउन सकेनन् । उपत्यका बाहिरको स्थिति के होला तपाईं आफै अनुमान गर्न सक्नुहुन्छ । त्यस कारण पनि अब यो सरकार रहँदैन ।’

दाङ क्षेत्र नम्बर- १ का संघीय सांसद चौधरीले आफूले गरेका ठुलठुला भ्रष्टाचार जोगाउन, जनताका समस्या समाधान गर्नतिर नभई मुलुकमा अस्थिरता मच्चाउन खोजेकाले वर्तमान सरकारलाई जनताले समेत तिरस्कार गरिरहेको जिकिर गरे ।

समाजवादीको उक्त बैठकमा केन्द्रीय सदस्य जोग बहादुर राणा, अनारकारी मियाँ, ससमती चौधरी, चिरञ्जीवी बुढाथोकी, राम प्रसाद चौधरी, राम प्रसाद यादव, प्रेम बक्स मियाँ, गजेन्द्र बुढाथोकी लगायतले मन्तव्य राखेको एकीकृत समाजवादी दाङका उपसचिव एवं प्रचार विभाग प्रमुख सूर्य बिसीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्