images
images
images

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

images

पूर्वाधार वाच, काठमाडौं।

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश दिन घोषणा गरेको छ। बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले ५.५ प्रतिशत बोनस दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी १८औं साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

गत वर्ष भने बैंकले १ प्रतिशत बोनस सेयर र कर सहित ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश दिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्