– सौल हम्फ्रे
चार्टर्ड इन्स्टिच्यूट अफ बिल्डिङ (सीओआइबी)का उपाध्यक्ष साउल हम्फ्रे तर्क गर्छन्, निर्माण वातावरण (Built Environment)सँग सम्बन्धित जलवायु चुनौतीहरू निर्माण उद्योगका लागि ठूलो अवसर हुन् । पृथ्वीले हालसालै रेकर्ड गरेअनुसार हामीले १३औं सबैभन्दा तातो महिना दर्ता गरेको छौं ।
यसकाे असर यतिसम्म देखिएकाे छ कि यहाँ महासागरहरू तातिएका छन् र जलवायु परिवर्तनका चुनौतीहरू कायम नै छन् । तर म निराश होइन, आशावादी भएर लेखिरहेको छु किनकी जलवायु परिवर्तन निर्माण क्षेत्रका लागि अब समस्या होइन समाधानको हिस्सा बन्ने वास्तविक अवसर आएको छ ।
हामीलाई थाहा छ विश्वव्यापी रूपमा निर्मित वातावरण (Built Environment) लगभग ३९ प्रतिशत हरित गृह ग्यास उत्सर्जनका लागि जिम्मेवार छ। समस्या केवल कम इन्सुलेट गरिएका भवनहरू तताउने र चिस्याउने कार्यले उत्पन्न हुने कार्बन मात्र होइन, निर्माण सामग्रीहरुको प्रयोग र उत्पादनले उत्पन्न हुने कार्बन उत्सर्जनबाट पनि देखिएकाे छ ।
यदि सिमेन्ट एउटा देश भएको भए, यो संसारको तेस्रो ठूलो कार्बन उत्सर्जक हुन्थ्यो । यदि स्टील एउटा देश भएको भए, यो पाँचौं कार्बन उत्सर्जकको स्थानमा हुन्थ्याे । जसकाे मतलब विश्वमा निर्माण सामग्रीहरुले कति भयानक वातावरणीय प्रभाव कायम गरिरहेकाे छ भन्ने नै हाे ।
निर्माण क्षेत्रले जैविक विविधतामा ह्रास, पानीको प्रयोग र स्रोतहरूको उत्खननले पार्ने नकारात्मक प्रभावले पनि पृथ्वीलाई यसको सीमित सिमाहरूबाट पर धकेल्छ र जलवायु परिवर्तनको सीमाहरू पार गर्ने तथा पारिस्थितक प्रणालीमा अपरिवर्तनीय प्रतिक्रियात्मक चक्रहरू सुरु गर्ने जोखिम उत्पन्न गर्छ।
समाधानको हिस्सा
यिनै अनेक उल्झन र अप्ठ्याराहरुको बीचमा निर्माण क्षेत्र जलवायु परिवर्तनमा समाधानको हिस्सा बन्न सक्छ। जसकाे उपायस्वरुप हामी सबैले प्राकृतिक स्रोत दोहन र शोषणको क्रमबाट माथि उठेर दिगो विकासतर्फ यात्रा केन्द्रीत सक्छौं।
यसले व्यावसायिक फाइदासँग पनि मेल खान सक्छ, जहाँ साँच्चै दिगो निर्माणले सम्पत्तिकाे मूल्यमा वृद्धि (Asset value enhancements), ऊर्जा लागत बचत र प्रिमियम ब्रान्ड मूल्य समेत आकर्षित गर्न सक्दछ।
यो खासै गाह्रो काम पनि हाेइन । उदाहरणका लागि, मेरो आफ्नै सानो दिगो परियोजना व्यवस्थापन परामर्श सेवाले प्रत्येक परियोजनालाई संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहरू(UN Sustainable Development Goals) सँग मिलाएर, दिगो मूल्यको अधिकतम उपयोग गरेर र उच्चतम स्तरको दिगो समाधानहरू लक्षित गर्दै, जस्तै: Building Research Establishment Environmental Assessment Method (BREEAM) मान्यता, पासिभहाउस (Passivhaus), वा फ्युचर होम्स स्ट्यान्डर्डसहितका विषयमा सचेत बनेकै कारण ८२ हजार टन कार्बन उत्सर्जन कम गर्न सफल भएको छ ।
कार्बनको यो मात्राले १ हजार ६ सयभन्दा बढी घर निःशुल्क निर्माण बराबरकाे वातावरणीय प्रभावकाे असर हुनबाट जाेगाएकाे छ। यसबाट कार्बनको बचत ठूलो छ, व्यापक वातावरणीय लाभहरू पनि त्यस्तै छन्। यसमा कार्बन उत्सर्जन कटाैतीकाे लागि अपनाइएको उपायलाई निर्माण नियमहरूको पालन गर्ने निर्माणसँग तुलना गरेर गणना गरिएको हो।
अर्काे महत्त्वपूर्ण कुरा के छ भने यसमा देखिएकाे व्यावसायिक फाइदाले पनि यो दृष्टिकोणको परिवर्तनलाई प्रतिबिम्बित गर्छ। तीनै परियोजनाहरू जसले ८२,००० टन कार्बन कटाैती गरेको दाबी गर्न सकिन्छ, पुरानाे र यथास्थितिवादमा रहेका निर्माण बेन्चमार्कहरूसँग तुलना गर्दा ४४ मिलियन पाउण्डको व्यावसायिक मूल्य पनि बढाएकाे देख्न सकिन्छ ।
(BREEAM) उत्कृष्ट कार्यालयको मूल्य निर्माण नियमहरूको पालन गर्ने स्टकको तुलनामा १२.३ प्रतिशतदेखि ३० प्रतिशतसम्म प्रिमियममा मूल्याङ्कन गरिन्छ । वर्ल्ड ग्रीन बिल्डिङ काउन्सिलकाे रिपोर्ट अनुसार (BREEAM) प्रमाणीकरणले परम्परागत, कोडअनुरूप भवनहरूको तुलनामा भवनहरूको भाडा दर २४.९ प्रतिशतसम्म बढाउन सक्छ।
पर्यावरणीय कार्यकर्ता ग्रेटा थुनबर्ग भन्छिन्, ‘हामीसँग सबै तथ्यहरू र समाधानहरू पहिले नै छन्, हामीले मात्र जाग्नु र परिवर्तन गर्नु आवश्यक छ। निर्मित वातावरण (Built Environment)का सराेकारवालाले दिगो निर्माण उपायहरूको थपिएको मूल्य देखाएर सकारात्मक र ठोस प्रभावहरूको परिमाण गरेर अहिले नै नेट शून्यको सम्बोधन गर्न सक्छन्।’
(सौल हम्फ्रे-एन्जिला रस्किन यूनिभर्सिटीका प्रोफेसर हुन् । हामीले यो सामग्री constructionmanagement.co.uk बाट नेपालीमा अनुवाद गरेका हौं । – सं.)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्