images
images
images

ऊर्जामन्त्रीले कुलमानलाई सोधे १५ बुँदे स्पष्टीकरण, काल्पनिक नाफादेखि गुणस्तरीय बिजुली नदिएको आरोप

images

पूर्वाधार वाच, काठमाडौं।

ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ १५ बुँदे स्पष्टीकरण सोधेका छन् । मंगलबार मन्त्री स्तरीय निर्णय गर्दै मन्त्री खड्काले कुलमानलाई  १५ वटा बुँदामा स्पष्टीकरण सोधेका हुन् ।

कुलमानलाई उनको कामको मूल्यांकन, काल्पनिक नाफा देखाएको, गुणस्तरीय बिजुली नदिएको, ट्रान्सफरमर तथा बिजुलीका तारलगायतका खरिद टेन्डरलाई समेत उल्लेख गरेर स्पष्टीकरण सोधिएको छ ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिधै टकराबमा उत्रिएका कुलमान घिसिङलाई हटाउने उद्देश्यले यो स्पष्टीकरण सोधिएको बुझिएको छ । बक्यौता नतिरेका उद्योगको लाइन काटेपछि प्रधानमन्त्रीले लाइन खोल्न दिएको दिएको निर्देशन कुलमानले नमानेपछि विवाद बढेको थियो ।

कुलमानलाई माओवादी केन्द्रको समर्थन रहेको छ र माओवादी केन्द्रले नै आफ्नो सरकार भएको समयमा उनलाई नियुक्ति गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्