images
images
images

पाकिस्तानका लागि नेपाली राजदूतमा रीता धिताल नियुक्त

images

पूर्वाधार वाच, काठमाडौं । 

पाकिस्तानका लागि नेपाली राजदूतमा परराष्ट्र सहसचिव रीता धिताल नियुक्त भएकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा धिताललाई इस्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यलयले जानकारी दिएको छ ।

यही असोज १६ गते धिताललाई संसदीय समितिबाट सर्वसम्मत अनुमोदन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्