images
images
images

बालेन भन्छन्- देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्

images

पूर्वाधार वाच, काठमाडौ ।

काठमाडौं महानगरका मेयर बालेन शाहले देश मारवाडी सेवा समाज जस्ता संस्थाले चलाएको टिप्पणी गरेका छन् ।

पशुपति धर्मशालामा आज मारवाडी सेवा समाज र महानगर प्रहरीबीच भएको झडप बारे टिप्पणी गर्दै बालेनले पशुपति विकास कोषको अनुमतिमा महानगरले धर्मशालाको संरक्षण गर्दै असक्तहरूलाई निःशुल्क खाना र औषधि उपचार गर्न प्रयोग गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

उनले भनेका छन्

नाजायज सम्बन्धबाट  सम्झौता गरी गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समाजले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौं देखि केही हजार रुपैयाँ तिरेर हड्पेको जग्गा अदालतले दाबी पुग्दैन भनेर पशुपति विकास कोषलाई नै जिम्मा दिन्छ, अनि समितिले  महानगरलाई धर्मशाला तथा अशक्तहरूलाई निस् सुल्क खाना र औषधि उपचार गर्न  भनेर दिएको कुरा अहिलेलाई संरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समाजको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै समाजबाट पो रहेछ । अनि हामी चाहिँ देश प्रहरी  र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्