पूर्वाधार वाच, काठमाडौं ।
नेकपा एमालेले कीर्तिपुर–२ मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने भएको छ ।
बल्खुको भवन भुकम्पले भत्काए पछि धुम्बाराही, थापाथली हुँदै च्यासल ललितपुरमा स्थान्तरण हुँदै आएको पार्टी कार्यालय अब किर्तिपुरमा निर्माण गरिन लागिएको हो ।
आज अपरान्ह बसेको एमाले सचिवालय बैठकले मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने निर्णय गरेको हो । जसको भोली शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गर्नेछन् ।
शुक्रबार १२ बजेर २५ मिनेटको शुभ साइतमा पार्टी कार्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । सो स्थानमा झन्डै १२ रोपनी जग्गा रहेको छ ।
च्यासलमा रहेको केन्द्रीय कार्यालयमा पटक पटक मनोहराको पानी पसे पछि एमालेले किर्तिपुरमा पार्टी कार्यालय बनाउन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्