पूर्वाधार वाच, काठमाडौं ।
बडा दशैंको अवसरमा यात्रुहरूको सहजताको लागि सशस्त्र प्रहरी बलले शुक्रबार र शनिबारका लागि काठमाडौंको रिङरोडमा निस्शुल्क बस सेवा सञ्चालन गरेको छ ।
आज बिहान ६ बजेबाट सुरु भएको निस्शुल्क बस सेवा अन्तर्गत एउटा बस प्रधान कार्यालयबाट कलङ्की, सातदोबाटो, कोटेश्वर, गौशाला , महाराजगन्ज, बालाजु रुटमा सञ्चालन गरिएको छ ।
अर्को बस प्रधान कार्यालयबाट बालाजु, महाराजगन्ज, गौशाला, कोटेश्वर, सातदोबाटो, कलङ्की रुटमा सञ्चालन गरिएको छ । चाडपर्वको समयमा सार्वजनिक गाडी कम गुड्ने भएकोले सर्वसाधारणको सुविधाको लागि बस सञ्चालन गरिएको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
बडा दशैंको अवसरमा यस अघिका वर्षमा पनि काठमाडौंमा सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।
यसै गरि विगत वर्षहरू जस्तै यस वर्ष पनि सर्वसाधारणका लागि सशस्त्र प्रहरी बलले देश भरी स्थानीय निकायसँगको समन्वय समेतमा १ सय ९७ वटा लिङ्गे पिङ राखेको छ । विगत करिब १४ वर्षदेखि पिङ राख्ने कार्यलाई यो वर्ष पनि निरन्तरता दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्