images
images
images

दोलखामा दुई बस ठोक्किए, चार जना घाइते

images

पूर्वाधार वाच, दोलखा ।

ओखलढुङगाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दोलखामा दुर्घटना भएको छ ।

ओखलढुङगाबाट काठमाडौं आउँदै गरेको र रामेछापतर्फ जाँदै गरेको अरनिको यातायातको यात्रुबाहक बस आइतबार दिउँसो दोलखाको बैत्यश्वर गाउँपालिका ६ गोपीखोलामा एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् ।

बा ५ ख ५६३१ नम्बर र प्रदेश ३-०१०५ ख ३९५६ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि चरिकोट ल्याईएको छ । घाइतेहरुको चरिकोटमा उपचार भइरहेको छ । दुर्घटनाका कारण अवरुद्ध पुष्पलाल मार्ग खुलाईएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्