images
images
images

बाढी पहिरोपछि साढे ७ अर्बकाे बिमा दाबी, इन्जिनियरिङ र ठेकेदार जोखिम अन्तर्गत ९६ करोड बढी

images

पूर्वाधार वाच, काठमाडौं।

असोज दोस्रो साता गएको बाढीपहिरोका कारण साढे सात अर्बको बिमा दाबी रकम पर्ने प्रारम्भिक अनुमान गरिएको छ । असोज १० देखि २२ गतेसम्म तीन अर्ब ८१ करोड ७९ लाख रुपैयाँ दाबी परेको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।

बिमा कम्पनीले एक हजार ३७५ दाबीमध्ये ७० दाबीबापतको ७८ लाख ६५ हजार रकम भुक्तानी गरेका छन् । सबैभन्दा बढी दाबी रकम सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

यो कम्पनीमा एक अर्ब ९३ करोड ७८ लाख रुपैयाँ दाबी पर्ने अनुमान गरिएको छ । त्यसैगरी दोस्रोमा दी ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक अर्ब ४५ करोड रुपैयाँ दाबी पर्ने अनुमान गरिएको छ । हालसम्म सबैभन्दा बढी सम्पत्ति बिमालेखमा दाबी परेको छ ।

यो बिमालेखअन्तर्गत दुई अर्ब ६५ करोड २३ लाख रुपैयाँ दाबी परेको प्राधिकरणले जनाएको छ । त्यसैगरी इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमालेखअन्तर्गत ९६ करोड ८१ लाख ६० हजार रुपैयाँ दाबी परेको छ ।

पशुपन्छी, निजी र सार्वजनिक मोटर बिमा, सम्पत्ति बिमा र सामून्द्रिक बिमाअन्तर्गत ७८ लाख ६५ हजार रुपैयाँ भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्