images
images
images

रविलाई आइतबार अदालतमा उपस्थित गराइने

images

पूर्वाधार वाच, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराउने तयारी गरिएको छ ।

शुक्रबार पक्राउ परेका लामिछानेलाई अहिले कास्की प्रहरीले पोखरा लगिरहेको छ । आज राति पोखरा पुर्‍याएर आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

सभापति लामिछानेलाई शुक्रबार पक्राउ गर्दा हवाई मार्ग मार्फत कास्की लग्ने प्रहरीले तयारी गरेको थियो। तर सभापति रवि र रास्वपाका केही नेताहरूले हवाई मार्ग नभएर सडकमार्ग मार्फत नै जाने भनेपछि प्रहरी सहमत भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्