images
images
images

कान्ति लोकपथमा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु

images

पूर्वाधार वाच, हेटौंडा ।

हेटौंडालाई काठमाडौंसँग जोड्ने कान्ति लोकपथ अन्तर्गत ललितपुरको बगुवामा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भट्टेडाँडा प्रहरी चौकीले दिएको जानकारी अनुसार दक्षिण ललितपुरको बगुवा नजिकै मासखोलास्थित कान्तिलोकपथमा ग २ च ९६६८ नम्बरको कुखुरा बोकेर हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बोलेरो गाडी बुधबार बिहान् दुर्घटनामा परेको हो ।

प्रहरी चौकीका अनुसार गाडी दुर्घटनापछि चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । चालक चितवन १६ भरतपुरका अन्दाजी २७/२८ वर्षीय भरत लामिछाने रहेको प्रहरीले जानकारी दिएको छ ।

सहचालकको परिचय खुल्न सकेको छैन । गम्भीर घाइते भएका उनलाई उद्धारगरि उपचारका लागि पाटन अस्पताल लगिएको छ । गाडी सडकबाट खसेर भीरमा ४र५ सय मिटर तल पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्