पूर्वाधार वाच, काठमाडौं।
विहिबार नेप्से परिसूचक १८ अंकले घटेको छ । आज नेप्से १८.२५ अंकले घटेर २६२७.१४ विन्दुमा बन्द भएको छ । आज कुल ३१७ कम्पनीका एक करोड २२ लाख ८३ हजार ६२३ कित्ता शेयर किनबेच हुदा ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार बराबरको कारोबार भएको थियो ।
आज सबैभन्दा बढी एसबीआई बैंकको शेयर मुल्य ९.७५ प्रतिशतले बढेको छ भने पिपुल्स हाइड्रोको शेयर मुल्य ७.८८ प्रतिशतले बढेको छ । त्यस्तै रावा इनर्जीको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबैभन्दा बढी एनएलजी इन्सुरेन्सको ३४ करोड ३१ लाख २० हजार बराबरको कारोबार भएको छ भने पिपुल्स हाइड्रोको सबै भन्दा बढी ५ लाख ६ हजार ९२ कित्ता शेयर कारोबार भएको छ ।f
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्