images
images
images

भ्रष्टाचारको दलदलमा अफ्रिका: ६० प्रतिशत युवा विदेश पलायनको सोंचमा

images

पूर्वाधार वाच, काठमाडौं । 

‘१६ देशका ५,६०० भन्दा बढी युवाहरूमा गरिएको एक ताजा सर्वेक्षणका अनुसार ६० प्रतिशत अफ्रिकी युवा देश छाड्ने सोचमा छन्, किनभने अनियन्त्रित भ्रष्टाचार उनीहरूको भविष्यका लागि खतरा बनेको छ। यस सर्वेक्षणबाट कयौं महत्त्वपूर्ण कुरा सतहमा आएका छन्।’

‘अफ्रीकी महाद्वीपका १६ देशहरूमा गरिएको हालैको एक सर्वेक्षणको रिपोर्टअनुसार, व्यापक भ्रष्टाचारका कारण ६० प्रतिशत युवा अफ्रिकीहरू आफ्नो देश छाड्न चाहन्छन्।

दक्षिण अफ्रिकास्थित जोहान्सबर्गको एशिकोविट्स परिवार फाउन्डेसनले १८ देखि २४ वर्षका ५,६०४ जना युवाहरुमा गरेको सो सर्वेक्षणबाट यस्तो निष्कर्ष निकालिएको हो ।

सर्वेक्षणमा सहभागी भएका युवा भ्रष्टाचारलाई ‘एकमात्र सबैभन्दा ठूलो बाधाुको रूपमा देख्छन्, जसको सामना उनीहरू आफ्नो क्षमता विकास र समृद्ध जीवन प्राप्त गर्नमा मात्र होइन दैनिक जीवन यापनका क्रममा समेत बाधाका रुपमा हेर्छन।’

सरकारबाट निराश अफ्रिकी युवा

सर्वेक्षण रिपोर्टमा भनिएको छ, ‘सबैभन्दा ठूलो कुरा देशका जटिल समस्याहरुलाई समाधान गर्न र यसबाट मुक्ति पाउन सरकारहरूले पर्याप्त कदम उठाइरहेका छैनन्, यही कारणले लगभग ६० प्रतिशत युवाहरु आगामी पाँच वर्षमा देश छोड्ने सोचमा छन्।’

अफ्रिकी युवा सर्वे २०२४ को बारेमा एशिकोविट्स परिवार फाउन्डेसनले भनेको छ, ‘यसको दायरा र परिणाम दुवै अभूतपूर्व छन्। जनवरी र फेब्रुअरीमा दक्षिण अफ्रिकादेखि इथियोपियासम्मका देशहरूका युवासँग आमने९सामने बसेर अन्तरवार्ता गरेर सर्वेक्षण सम्पन्न गरिएको थियो। यस उमेर समूहका मानिसहरूको विदेश जानको लागि रुचिका देशहरूमा उत्तर अमेरिका, त्यसपछि ब्रिटेन, फ्रान्स, जर्मनी र स्पेन जस्ता पश्चिमी युरोपेली देशहरू थिए।’

के सोच्छन् अफ्रिकी युवा ?
सर्वेक्षणमा सहभागी आधाभन्दा बढी (५५ प्रतिशत) युवाहरूको विचारमा अफ्रिका ‘गलत दिशा’मा जाँदैछ। यद्यपि वर्तमान सर्वेक्षणमा २०२२ को तुलनामा ‘अफ्रिकी आशावाद’मा ३७ प्रतिशतको वृद्धि भएको छ।

फाउन्डेसनले भनेको छ, ‘उनीहरू(सर्वेमा सहभागी युवा) भ्रष्ट राजनीतिज्ञहरूविरुद्ध कडा प्रतिबन्ध चाहन्छन्, उनीहरूको विचारमा भ्रष्ट नेताहरूलाई चुनाव लड्नबाट रोक्नुपर्छ। उनीहरूले सरकारको एक फरक स्वरूप समेत चाहन्छन्।’

यद्यपि अन्तरवार्तामा सहभागी लगभग दुई-तिहाई मानिसहरू लोकतन्त्रमा विश्वास गर्छन्, लगभग ६० प्रतिशतले लोकतन्त्रको ‘अफ्रीकी-प्रेरित’ स्वरूपको समर्थन गरेका छन्। सर्वेमा सहभागी भएका हरेक तीनमध्ये लगभग एक जनाले केही परिस्थितिमा गैर-लोकतान्त्रिक व्यवस्था, जस्तै कि सैन्य वा एक-दलीय शासन, राम्रो हुने समेत मत व्यक्त गरेका छन् । ।’

अफ्रिकी देशहरूमा विदेशी प्रभाव

सर्भेक्षणमा सहभागी अधिकांश मानिसहरू (७२ प्रतिशत)को धारणामा अफ्रिकी देशहरूमा विदेशी प्रभाव पनि एक समस्या हो। फाउन्डेसनको अनुसार, युवाहरु आफ्ना देशहरूमा विदेशी कम्पनीहरूले गरेको शोषणको बारेमा चिन्तित देखिन्छन्, विशेष गरी ती देशहरूमा जहाँ प्राकृतिक खनिज सम्पत्ति निकालिरहेका छन् र स्थानीहरूको हितपिवरीत खनिज सामग्रीहरू उत्खनन गरिरहेका छन् ।’

‘८२ प्रतिशत मानिसहरूले चीनको प्रभावलाई सकारात्मक रूपमा हेरेका छन्, जबकि ७९ प्रतिशतले अमेरिकाको प्रभावलाई सकारात्मक रूपमा लिएको विचार व्यक्त गरे । रुसको प्रभावको धारणा बढेको छ, विशेष गरी मलावी र दक्षिण अफ्रिका जस्ता देशहरूमा जहाँ रुसको बारेमा सकारात्मक दृष्टिकोण राख्ने आधाभन्दा बढी मानिसहरूले मस्कोको खाद्य आपूर्ति उल्लेख गर्छन्।’

सर्वेक्षणमा सहभागी अधिकांश मानिसहरूले अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको जितले अफ्रिकाको लागि डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसको जितभन्दा पनि खराब परिणाम हुनेछ।

अफ्रिकी युवा सर्भेक्षण पहिलो पटक २०२० मा गरिएको थियो। यसको उद्देश्य ‘वैज्ञानिक रूपमा अफ्रिकाका युवाहरूलाई आवाज दिनु हो। फाउन्डेसनका सञ्चार निर्देशक निको डी क्लार्कका अनुसार यस तथ्यांकको प्रयोग सरकार, गैरसरकारी संस्थाहरू र लगानीकर्ताहरूका लागि महत्त्वपूर्ण छ।’

अफ्रिकी देशहरूमा बेरोजगारी

अफ्रिकामा विश्वको सबैभन्दा युवा र सबैभन्दा छिटो बढिरहेको जनसंख्या छ। मो. इब्राहिम फाउन्डेसनका अनुसार, २०२० मा यस महाद्वीपका बासिन्दाको औसत आयु १९.७ वर्ष थियो, जबकि ल्याटिन अमेरिकामा यही औसत ३१ वर्ष, उत्तरी अमेरिकामा ३८.६ वर्ष र युरोपमा ४२.५ वर्ष थियो।

अफ्रिका विकास बैंकका अनुसार, यस महाद्वीपमा १५ देखि ३५ वर्षको उमेरका बीच लगभग ४२ करोड युवा जनसंख्या छ, जसमा एक तिहाइ बेरोजगार छन्। बैंकका अनुसार २०५० सम्म अफ्रिकाको कुल युवा जनसंख्या दोब्बर भएर ८३ करोड हुनेछ।’

(विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुको सहयोगमा पूर्वाधार वाचकर्मी विष्णु रैगाईंले तयार पारेको सामग्री)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्