images
images
images

धादिङमा इलेक्ट्रोनिक भ्यान दुर्घटना हुँदा ११ जना घाइते

images

पूर्वाधार वाच, धादिङ ।

धादिङमा इलेक्ट्रोनिक भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

काठमाडौंबाट मनकामना जाँदै गरेको बा.प्र.०१-०३० च ७६५९ ईभी दिउँसो करिब २ बजेतिर धादिङको थाक्रे गाउँपालिका- ६ नौकिलास्थित पृथ्वी लोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा ११ जना घाइते भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । भ्यान सडकबाट करिब ४० मिटर तल खसेको हो । दुर्घटनाको विषयमा प्रहरीले थप अनुस्न्धान गरिरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्