images
images
images

युवालाई आफ्नै देशमा रोक्न सकिन्नँ सरकार ?

images

– बैकुण्ठ दाहाल

देश बिग्रियो, सकियो, भत्किसक्यो  अब देशमा कुनै सम्भावना नै छैन, देशमा  गरिखाने  वातावरण नै  छैन र गर्ने खालका  क्षमतावान्  मान्छे पनि बाँकी छैनन् भन्ने  भाष्यले पछिल्लो समय  व्यापकता पाइरहेको छ  ।

देशभित्र सम्भावनाका  ढोकाहरूमा भोटे ताल्चा मारेर  देशका ठेकेदार भनाउँदाहरूले देशको नुन पानी खाएर देशकै बारेमा  नकारात्मक   टीकाटिप्पणी   गर्नमै  तल्लीन छन् ।

सबभन्दा पहिला त यिनैलाई सरकारले  ठेगान  लगाउन  जरुरी छ । आफ्नै  देशको नुन पानी खाएर  देशविरुद्ध नकारात्मक भाष्य निर्माण गरी भ्रमको खेती गर्नेहरूलाई  अब  सरकारले ज्वाइँ पालेसरि पाल्नु  मुलुकका  लागि  घातक  हुनेछ ।

,अब  लागौँ  युवा जनशक्ति  र यिनलाई सरकारले किन आफ्नै देशमा रोक्न सकेन त भन्ने  बहसतिर  देशबाट  दैनिक  ३/४ हजार युवा रोजगारी तथा अध्ययनको लागि  भन्दै   विदेश पलायन   भइरहँदा   सरकार  किन टुलुटुलु  हेरेर मात्र  बसिरहेको छ ?

किन सरकारले  युवालाई  आफ्नै  देशमा  रोजगारी दिन  सकिरहेको छैन ।  के यो विषयमा कुनै दिन संसद् भवनमा  बहस भएको  छ त ? पक्कै छैन । किन्तु  परन्तु  सरकार  आफ्नै सत्ता जोगाउन बाहेक अरू कुनै पनि काममा लागिपरेको देखिँदैन । जुन जोगी आए पनि कानै चिरेका भनेजस्तै जति सरकार बन्छन् स्वार्थमा,  र भत्किन्छन् पनि स्वार्थमै ।

जब  देशमा  ठूला ठूला राजनैतिक  परिवर्तनका लागि  आन्दोलन हुन्छन्  त्यता मात्र  युवा जनशक्तिको  प्रयोग भएको देखिन्छ, र सीमित अभिष्टि पूरा हुने बित्तिकै तिनै युवा शक्तिको अवमूल्यन हुन्छ । देशमा  भएका उद्योग धन्दा कल कारखाना कौडीको मूल्यमा बेचेर  युवाहरूलाई  विदेशिन बाध्य  पार्ने   यो  निर्लज्ज  राष्ट्रघाती  दलाल  सरकारबाट  अब  जनताले  के नै  आशा   राख्ने  ठाउँ रह्यो   र ?

सरकार  छ, छैन ? जनताले सरकार भएको अनुभूति गर्न पाएका छैनन् । दिनदिनै युवा  पलायन हुँदैछन् । निकम्मा सरकार गाउँ खाली गराएर युवालाई खाडीमा धकेल्दै छ ।

सरकारले युवालाई देशमा रोक्नै नहुने  हो ? के युवाहरूलाई सरकारले भोट बैंकको  रूपमा  मात्रै उपयोग गर्ने हो त ? गाउँका   खेतबारी   बाँझै छन् ।बुढा बा आमाले  गाउँमा कुरेर बसेका  छन् । सहाराविहीन  हुँदैछ  गाउँघर । के  सरकार  बेखबर   भएकै हो ?

१२ कक्षा पास गरेका  युवायुवती सबै झोलामा राहदानी  बोकेर म्यानपावर  धाइरहेको  दृश्य सरकारले नदेखेकै हो त ? आखिर सरकारले युवालाई देशमै   उद्यमशील  बनाउने नीति किन ल्याउन चाहँदैन ? के  अब  बहसको विषय बनाउनु पर्दैन ?

समय  अझै छ सरकारले चाहने  हो भने नौजवान  युवालाई देशमै रोक्न सक्ने वातावरण तय गर्न गराउन  सक्छ ।  न कि  सबभन्दा   पहिला  कुनै पनि काम  ठूलो  सानो  हुँदैन  भन्ने  चेत पनि  युवा जनमा भर्न सक्नुपर्छ ।

विदेशमा गएर जुनसुकै काम गर्न पछि  नहट्ने  अनि त्यही काम स्वदेशमा  गर्न  हिचकिचाउने हामीले नेपालीले यो बानीमा  पनि सुधार  गर्न जरुरी  छ । यसका  लागि सरकारी तवरबाट व्यापक  प्रयास र जनचेतनामूलक कार्यक्रममार्फत नौजवान युवाको चेत खोल्नु समेत जरुरी छ      ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्