पूर्वाधार वाच, काठमाडौं ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा दोहोरो अंकले बढेको छ। बिहीबार नेप्से परिसूचक १३.९५ अंकले बढेर २७४८.७८ को विन्दुमा कायम भएको हो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३३ अंकले बढेर ४८६.०३ को विन्दुमा कायम भएको छ। कारोबारमा आएका १३ उपसमूहमध्ये सातको शेयर मूल्य उकालो लाग्दा ६ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ।
बुधबार नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा सीमित भएको थियो भने सात अर्ब ९१ करोड १९ लाख रुपैयाँ बराबरको एक करोड ५३ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो।
बिहीबार कुल दुई करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयर एक लाख एक हजार ५४५ पटक खरिदबिक्री भयो। जसबाट १० अर्ब ३२ करोड तीन लाख ३१ हजार ४३६ रुपैयाँमा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
नेप्सेका अनुसार गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, अपर हेवाखोला हाइड्रो पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। ङ्गादी ग्रुप पावर ९.९७, माछापुच्छ्रे बैंकका लगानीकर्ताले ९.५६ प्रतिशतले कमाएका छन्।
रावा इनर्जी ९.१२, कुथेली बुखारी स्मल हाइड्रोपावर ७.३२, पिपुल्स हाइड्रोपावर ६.०८, सुपर माई हाइड्रोपावर ४.९२ र समृद्धि फाइनान्सका लगानीकर्ताले ४.३६ प्रतिशतले गुमाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्