images
images
images

तोलामा ९ सयले बढ्यो सुनको मूल्य

images

पूर्वाधार वाच, काठमाडौं ।

आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सयले बढेर तोलाको एक लाख ६३ हजारमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ६२ हजार एक सयमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्