images
images
images

सवारी चालक अनुमति पत्रमा बायोमेट्रिक बाहेकका विवरण प्रदेशस्तरमा सच्याउन पाइने

images

पूर्वाधार वाच, काठमाडौं।

सरकारले सवारी चालक अनुमति पत्रमा बायोमेट्रिक बाहेकका विवरण प्रदेशस्तरमा सच्याउन पाउने व्यवस्था गरेको छ ।

आम नागरिक र सेवाग्राहीलाई सहज हुने र सेवा प्रवाहको दृष्टिले समेत प्रभावकारी हुने देखिएकोले सवारी चालक अनुमति पत्र आवेदकहरुको बायोमेट्रिक बाहेकका विवरण सच्याउन प्रदेश मातहतका यातायात कार्यालयबाट पाउने गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

नेपालको संविधान, २०७२ र कार्यविस्तृतीकरण प्रतिवेदन २०७५ ले सवारी चालक अनुमति व्यवस्थापन सम्बन्धी अधिकार पनि प्रदेशलाई दिएको छ ।

सोहि अधिकारलाई मध्यनजर गरी २०८१ मंसिर १० गतेको विभागस्तरीय निर्णयानुसार यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्