images
images
images

पोर्चुगलमा कन्सुलरले २१ तारिखसम्म घुम्ती सेवा दिने

images

पूर्वाधार वाच, लिस्बन। 

पोर्चुगलमा विद्युतीय राहदानी ‘ई–पासपोर्ट’ वितरण गर्न आएको फ्रान्सस्थित नेपाली दूतावासको टोलीले कन्सुलर सेवा २१ तारिखसम्म जारी राख्ने भएको छ।

टोलीले बुधबारदेखि लिस्बनस्थित ओलाइसमा सञ्चालित घुम्ती शिविरबाट कागजात प्रमाणीकरणलगायत कन्सुलर सेवा दिन सुरु गरेको थियो।

बुधबार पहिलो दिन एक सय पाँच वटा प्रहरी चारित्रिक प्रमाणपत्र ‘प्रहरी रिपोर्ट’ र ३९ वटा अन्य कागजात प्रमाणीकरण गरिएको टोलीले जनाएको छ । भने थप ३७ वटा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि सङ्कलन गरिएको छ ।

प्रहरी रिपोर्टलगायत कागजात प्रमाणीकरण सम्बन्धी समस्यामा परेका नेपालीको सहजताका लागि शिविर अवधि थप गरेर कन्सुलर सेवा दिन सुरु गरिएको पोर्चुगलका लागि गैर आवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिए ।

टोलीले अधिकृत वारेसनामा प्रमाणीकरण बाहेकका अन्य प्रहरी चारित्रिक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणित, जन्म दर्ता, विवाह दर्तालगायत सम्पूर्ण कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा प्रदान गर्ने राजदूत भट्टराईले बताए ।

१२ डिसेम्बरदेखि सञ्चालन भएको राहदानी वितरण शिविरबाट बुधवारसम्म दुई हजार चार सय १० वटा विद्युतीय राहदानी वितरण गरिएको र बाँकी रहेका राहदानी वितरणको प्रक्रियामा रहेको उहाँले जानकारी दिए।

टोलीले डिसेम्बर २१ तारिखसम्म राजधानी लिस्बनमा रहेर कन्सुलर सेवा प्रदान गर्ने दूतावासले जनाएको छ । घुम्ती शिविरमार्फत राहदानीसँगै कन्सुलर सेवा पाउँदा विशेषतः यहाँको आवास अनुमति पत्र ‘रेसिडेन्सी कार्ड’का लागि बायोमेट्रिकको प्रक्रियामा रहेका नेपालीहरू बढी लाभान्वित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्