images
images
images

पश्चिम एसिया तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

images

काठमाडौं । पश्चिम एसियामा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक प्लस)ले उत्पादन कोटा बढाउने सम्भावना देखिएको छ।

विश्लेषकले आइतबार एएफपीलाई दिएको जानकारीअनुसार आगामी बैठकमा उत्पादन विस्तारबारे निर्णय हुन सक्छ। साउदी अरब, रसियालगायत सात प्रमुख सदस्य राष्ट्रले अगस्ट महिनाको उत्पादन कोटाबारे अनलाइन बैठकमार्फत छलफल गर्नेछन्।

स्विस बैङ्क युबिएसका कमोडिटी विश्लेषक जियोभानी स्टौनोभोका अनुसारओपेक प्लसले अघिल्ला महिनामा सुरु गरिएको उत्पादन कटौती फिर्ता लिने प्रक्रिया जारी राख्दै दैनिक करिब एक लाख ८८ हजार ब्यारेल उत्पादन बढाउन सक्ने सम्भावना छ।

पश्चिम एसियामा हालैको द्वन्द्वका क्रममा ‘स्ट्रेट अफ होर्मुज’मा भएको अवरोधले तेल आपूर्ति प्रभावित पारेको थियो। हालै इरान–अमेरिकाबीच भएको समझदारीपछि समुद्री आवागमनमा सुधार देखिएको छ।

विश्लेषकका अनुसार आपूर्ति प्रणाली क्रमशः सामान्य हुँदै गएपछि तेलको मूल्य युद्धपूर्वस्तरमा फर्किएको छ भने दैनिक आपूर्ति पनि पुनः वृद्धि हुँदै गएको छ। स्याक्सो बैङ्कका विश्लेषक ओले ह्यान्सेनले रोकिएको उत्पादन पुनः सुरु गर्न समय लाग्ने बताउँदै निकट भविष्यमा उत्पादन वृद्धिको गति अझ बढ्न सक्ने सङ्केत गरेका छन्।

विशेषज्ञहरुले आगामी वर्ष बजारमा आपूर्ति अधिक हुन सक्ने अनुमान गरेका छन् । तर उत्पादन क्षमता पुनः मूल्याङ्कन र कोटा निर्धारणजस्ता विषयहरू ओपेक प्लसभित्र चुनौतीपूर्ण बन्न सक्ने चेतावनी पनि दिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्