images
images
images

दोहोरो अंकले घट्यो नेप्से

images

पूर्वाधार वाच, काठमाडौं ।

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १३.५३ अंकले घटेर दुई हजार ५८३.२९ को विन्दुमा कायम भएको छ।

आज ३१९ कम्पनीका ९१ लाख ८० हजार ७१८ कित्ता सेयर ५७ हजार आठ सय ६३ पटक खरिद–बिक्री हुँदा रु. चार अर्ब ५१ करोड ८३ लाख ८५ हजार १०७ बराबरको कारोबार भएको छ।

जलविद्युत् समूह ०.६५ र उत्पादन तथा प्रशोधन समूह १.५७ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै विकास बैंक समूह २.०५ र वित्त समूह १.४९ प्रतिशतले घटेको छ। बैंकिङ ०.८७, होटेल तथा पर्यटन ०.०१, लगानी १.१८, जीवन बिमा ०.८१, लघुवित्त ०.३९, म्युचुअल फन्ड ०.३५, निर्जीवन बिमा ०.८२, व्यापार १.३५ र अन्य समूह ०.३७ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।

आजको कारोबारमा सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड, बाहारी हाइड्रोपावर पब्लिक लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ६.४० प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै रिभर फल्स फावर लिमिटेडको रु. २२ करोड तीन लाख १२ हजार ८३४ बराबरको दुई लाख ५२ हजार १४९ कित्ता सेयर किनबेच भएको छ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्