images
images
images

साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ

images

पूर्वाधार वाच, काठमाडौं ।

साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले आइतबार जंगमलाई काठमाडौंबाट पक्राउ गरिएको बताए।

सरकारी वकिलको कार्यालय काठमाडौंका अनुसार प्रहरीले उनलाई पक्राउ गरी आइतबार म्याद थप गर्न अदालतमा पेस भएको छ।

जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालका अनुसार उनीमाथि अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न माग गरेको छ ।

कति दिन हिरासतमा राख्न अनुमति दिएको भन्ने खुलिसकेको छैन।

यस सहकारीमा रास्वपा सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेल उपाध्यक्ष थिइन्।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्