पूर्वाधार वाच, पोखरा ।
पुर्व गृह मन्त्री रवि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको देखिएको छ । हाल कास्की प्रहरी हिरासतमा रहेका लामिछानेको २७ करोड रुपैयाँ स्रोत नखुले पछि सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरिएको छ ।
सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत लामिछानेविरुद्ध जसका कारण सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर भएको बताइएको छ ।
लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसँगै सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो।
जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माले दिएको जानकारी अनुसार सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको मुद्दा दायर गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्