पूर्वाधार वाच, पोखरा ।
पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध तीन वटा मुद्दा दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछानेविरुद्ध उनी पक्राउ परेको ९२ दिन पछि कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको हो ।
लामिछानेविरुद्ध कास्की अदालतमा अभियोग दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्ति देवी शर्माले सञ्चारकर्मीलाई जानकारी दिइन ।
उनका अनुसार लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो । उनी सहित ४४ जनालाई विपक्षी बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्