पूर्वाधार वाच, काठमाडौं ।
चालु आर्थिक वर्ष २०८१/८२ को मङ्सिर मसान्तसम्ममा ७ खर्ब ३५ अर्ब १४ करोड बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्ष यस अवधिमा ७ खर्ब ५ अर्ब ४१ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।
जसअनुसार गत वर्षको तुलनामा यस वर्ष ४.२१ प्रतिशतले वैदेशिक व्यापारमा वृद्धि भएको छ । यसैगरी कुल वैदेशिक व्यापारमध्ये ६ खर्ब ६१ अर्ब ४८ करोड बराबरको आयात भएको छ भने ७३ अर्ब ६५ करोड बराबरको निर्यात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको सोहि अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड बराबरको आयात भएको थियो भने ६३ अर्ब २० करोड बराबरको निर्यात भएको थियो । गत वर्षको तुलनामा यो वर्ष आयात निर्यात दुवै बढेको छ ।
गत वर्षको तुलनामा चालु वर्ष ३ प्रतिशतले आयातमा वृद्धि भएको छ भने १६ प्रतिशतले निर्यात बढेको छ । यसैगरी चालु वर्षमा देशको व्यापार घाटा १.५२ प्रतिशतले बढ्दा ५ खर्ब नाघेको छ ।
चालु वर्षको ५ महिनामा ५ खर्ब ८५ अर्ब ८२ करोड बराबर वैदेशिक व्यापार घाटा रहेको छ । गत वर्षको यसै अवधिमा ५ खर्ब ७९ अर्ब बराबर वैदेशिक व्यापार घाटा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्