images
images
images

क्रियाशील सदस्यताकाे महत्व बुझाउन लागाैं : प्रकाशमान सिंह

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले क्रियाशिल सदस्यताकाे महत्व पार्टी सदस्यहरूलाई बुझाउनुपर्नेमा जाेड दिनुभएकाे छ । साेमबार नेपाल कांग्रेसकाे सय दिने विशेष अभियानअन्तर्गत कांग्रेस काठमाडौं महानगर समितिले क्षेत्रपार्टीमा आयाेजना गरेकाे महागरस्तरीय भेलालाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

कांग्रेसका पूर्वमहामन्त्री समेत रहिसक्नुभएका सिंहले पार्टी व्यवस्थापन नै अहिले कांग्रेसकाे मूल चूनाैति रहेकाे पनि बताउनुभयाे । ` अहिले कांग्रेसका लागि पार्टीलाई व्यवस्थापन गर्न सक्ने कि नसक्ने भन्ने मुख्य सवाल हाे,´ उहाँले भन्नुभयाे, ` क्रियाशिल सदस्यकाे संख्या धेरै छ । तर, क्रियाशिल सदस्यहरूलाई सदस्यताकाे महत्व बुझाउन नसकेकाे हाे कि ? , अब बुझाउनुपर्याे । ´ हरेक क्रियाशिल सदस्यहरूलाई पार्टीको गतिविधिमा संलग्न गराउनुपर्नेमा उहाँकाे जाेड थियाे ।

देशमा प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य मान्यता ल्याउन धेरै संघर्ष गरेकाे र जनताकाे पटक पटक विश्वास जितेकाे कांग्रेस पार्टीको क्रियाशिल सदस्यता सामान्य विषय नभएकाे पनि उहाँले बताउनुभयाे ।

पार्टीभित्र समस्या भए बसेर समाधान गर्नुपर्नेमा उहाँकाे जाेड थियाे ।

काठमाडौं महानगर समितिले काठमाडौंवासीले भाेगेका पिरमर्का र समस्या समाधानका लागि लाग्न पनि सिंहले आग्रह गर्नुभयाे ।

१ सय दिने विशेष अभियानले पार्टी संगठन सुदृढीकरण गर्न सहयाेग पुग्ने पनि उहाँले विश्वास व्यक्त गर्नुभयाे ।

काठमाडौं कांग्रेसकाे सय दिने विशेष अभियानका लागि पूर्वमन्त्री कृष्णप्रसाद सिटाैला खटिनुभएकाे छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्