काठमाडौं । भेनेजुएलाको काराकासमा हालै गएको शक्तिशाली भूकम्पपछि त्यहाँ व्यापक क्षति देखिएको छ । चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको फुटेजमा शहरको विभिन्न स्थानमा भग्नावशेष र सडकमा मानिसहरूको भीड देखिएको छ ।

फुटेजअनुसार प्लाजा भेनेजुएला लेखिएको संकेत नजिकै स्थानीय बासिन्दाहरू सडकमा भेला भएका छन् । भूकम्पपछि मानिसहरू सुरक्षित स्थानतर्फ निस्किएको दृश्य पनि देखिन्छ ।
त्यस्तै, सडकमा ढुंगा र भवनका टुक्राहरू छरिएको देखिन्छ भने केही स्थानमा पर्खालहरू भत्किएको र ठूलो मात्रामा फोहोर तथा भग्नावशेष जमेको देखिएको छ । भूकम्पपछि काराकाससहित अन्य प्रभावित क्षेत्रमा जनजीवन अस्तव्यस्त बनेको प्रारम्भिक विवरणहरूले देखाएका छन् । सीसीटीभी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्