पूर्वाधार वाच, काठमाडौं।
सहकारी ठगी प्रकरणमा एक वडा अध्यक्ष पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–१२ का वडाअध्यक्ष न्हुच्छेबहादुर महर्जन सहकारी ठगीको आरोपमा पक्राउ परेका हुन् ।
ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमाथी छानबिन गर्नका लागि वडा अध्यक्ष महर्जनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनी सो सहकारीका कोषाध्यक्ष हुन् । प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्