पूर्वाधार वाच, काठमाडौं ।
आज शेयर बजार परिसूचक ‘नेप्से’ १४ अंकले बढेको छ । विगत केही समयदेखि लगातार घटिरहेको नेप्से पछिल्लो समयमा निरन्तर बढ्न थालेपछि परिसूचक आज २६२६.३१ बिन्दुमा उक्लिएर रोकिन पुगेको छ।
मंगलबार पसिूचकसँगै कारोबार रकम पनि थोरै बढेको तथ्यांकले देखाएको छ । जसअनुसार कुल ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब २० करोड २२ लाख रुपैयाँको कारोबार भएको छ ।
सोमबार शेयर कारोबारको रकम ४ अर्ब ३७ करोडको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्