images
images
images

एमालेबाट भीम रावल निकालिदा सुदूरपश्चिममा सन्नाटा

images

पूर्वाधार वाच, काठमाडौं ।

नेकपा एमालेले पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ ।

यससँगै एमालेसँग रावलको चार दशक लामो सहयात्रा पनि टुंगिएको छ।

एमालेको बुधबार बसेको सचिवालय बैठकले १० औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग भिडेका रावललाई पार्टीमा कुनै ठाउँ नरहने गरी संगठित सदस्यबाटै हटाएको हो ।

बैठकले रावललाई पार्टी सदस्यताबाट निष्काशित गर्ने निर्णय गरेको हो ।

पार्टीको केन्द्रीय सल्लाहाकार परिषद् सदस्य रहेका उनलाई संगठित सदस्यबाट हटाउने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारहरूलाई जानकारी दिए ।

‘रावलका अभिव्यक्तिहरू पार्टी हितविपरीत रहेका मूल्यांकसहित संगठित सदस्यबाट निष्कासन गर्ने निर्णय भएको छ,’ उपमहासचिव ज्ञवालीले भने, ‘पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएका कारण रावललाई संगठित सदस्यबाट मुक्त गरिएको हो ।’

रावलका गतिविधिका कारण एमाले अध्यक्ष केपी शर्मा ओली रुष्ट थिए । दशौँ महाधिवेशनमा उपाध्यक्षमा बस्न भन्दा नमानेपछि रावलसँग ओली रिसाएका थिए ।

रावलले आफू अध्यक्षमै प्रतिस्पर्धा गर्ने अडानअनुसार प्रतिस्पर्धा गरेका थिए ।

नेता रावलको साधारण सदस्यता समेत खोसिएपछि उनको गृह प्रदेश सुदूरपश्चिममा भने सन्नाटा छाएको छ । उनी निकट नेता कार्यकर्ताहरु फेसबूकलगायत सामाजिक सन्जालमा ओलीको विरोध गर्दै रावललाई नआत्तिन आग्रह गर्दै ढाडस दिइरहेका छन् ।

आफू कारबाहीमा परेपछी रावलले समेत ओलीको आलोचना गर्दै निरंकुशको संज्ञा दिएका छन् ।

यस्तै पार्टी नेतृहरु बिन्दा पाण्डे र उषाकिरण तिम्सिना पनि ६ महिनाको लागि निलम्बनमा परेका छ्न् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्