images
images
images

सुरक्षित कारोबार ऐन संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित

images

पूर्वाधार वाच, काठमाडौं ।

सुरक्षित कारोबार ऐन २०६३ संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसम्मतिले पारित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गत अर्थ समिति बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभा अर्थ समिति आएको सुरक्षित कारोबार ऐन केही संशोधन सहित पारित भएको छ । समिति बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले विधेयकाबरे विज्ञ, अर्थ मन्त्रालय र कानुन मन्त्रालय, संशोधनकर्ता सांसदबीच विधेयकका विषयमा दफाबार छलफलपछि पास गरेको बताए ।

उनले सुरक्षित कारोबार ऐनले भैंसी, बाख्रा किनबेचदेखि अन्य प्रकारका कारोबार समेत सुरक्षित बनाउने गरी ऐन पास भएको बताए ।

ऐन संसदबाट पास भएर कार्यान्वयनमा आएसँगै साना व्यापारीलाई सहज र फाइदा पुग्ने विश्वास उनको छ ।

उनले अब बस्ने संसदमा समितिले पास गरेको विधेयक पेस गर्ने तयारी रहेको जानकारी दिए । उनले अर्थ समितिमा रहेका ६ विधेयकमध्ये दुइटा समितिबाट पास गरेको बताए ।

समितिले सुरक्षित कारोबार ऐन २०६३ संशोधन गर्न बनेको विधेयकमा चल सम्पत्ति धितो राखी गरिने कारोबार सुरक्षित बनाउने सम्बन्धमा एकीकृत कानुनी व्यवस्था गरी चल सम्पत्ति भन्ने शब्द राखेको छ ।

विधेयकको दफा ८ को उपदफा १ मा सामान्य कुनै त्रुटि भए पनि भन्ने शब्दको सट्टा धितोसम्बन्धी सम्झौतामा फरक नपर्ने सामान्य त्रुटि भए पनि भन्ने शब्द राखेर विधेयक पारित भएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्