पूर्वाधार वाच, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगमा तीन जनालाई मनोनयन गरेको छ ।
काठमाडौं केन्द्रीय कार्यालयमा बिहीबार बसेको बैठकले केन्द्रीय अनुशासन आयोगमा नवलपरासीका अधिवक्ता कमल प्रसाद पोखरेल र ताप्लेजुङ घर भएका अधिवक्ता हरिचन्द्र भट्टराईलाई सदस्यमा मनोनीत गरिएको हो ।
प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्ति अनुसार संगठन विभागमा लम्जुङका धर्म केसी, रुपन्देहीका गोपाल घिमिरे र सिराहाका विमल तिवारीलाई मनोनीत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्