पूर्वाधार वाच, काठमाडौं ।
साताको पहिलो दिन आइतबार सेयर बजार २१.१२ अंक घटेको छ ।
सो अंकको कमीसँगै नेप्से परिसूचक २६०९ मा कायम भएको छ ।
कारोबार भइरहँदा बजार पौने १ बजे २६४० अंकसम्म पुगे पनि अडिन सकेन । पौने १ बजेपछि बजारमा बिक्री चाप बढ्दा परिसूचक घट्न पुग्यो ।
कारोबार रकम सामान्य बढेको छ । गत बिहीबार ५ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४७ करोडको भयो ।
६९ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने २ को स्थिर रह्यो ।
माइक्रोफाइनान्स सेक्टर सबैभन्दा धेरै १.१२ प्रतिशत बढेको छ । त्यस्तै अन्य समूह ०.२९ प्रतिशत बढ्यो ।
फाइनान्स समूह सबैभन्दा धेरै ४.४७ प्रतिशत घट्यो । बैंकिङ ०.८७, विकास बैंक २.६५, हाइड्रोपावर १.७३, लगानी ०.६६, जीवन बीमा ०.३९, उत्पादन ०.८१, निर्जीवन बीमा ०.१२ तथा व्यापार समूह १.०३ प्रतिशत घटे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्