images
images
images

सहकारी ठगीमा पक्राउ परेका भरत जंगम मिलापत्र गरेर छुटे

images

पूर्वाधार वाच, काठमाडौं ।

साई स्वागत सहकारीको ठगी आरोपमा पक्राउ परेका भरत जंगम छुटेका छन्। पीडितसँग मिलापत्र गरेर उनी छुटेका हुन्।

सहकारीका पूर्वअध्यक्ष जंगमविरुद्ध उजुरी परेपछि गत ७ पुसमा काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेको थियो।

पीडितलाई पैसा फिर्ता दिने गरी मिलापत्र गरेर उनी गत साता नै छुटेका छन्। काठमाडौं प्रहरीका एक अधिकारीका अनुसार ‘गुड फर पेमेन्ट’ चेक दिएर उनले मिलापत्र गराएका हुन्।

संगठित अपराधको कसुर नजोडेको अवस्थामा सहकारी ठगीको मुद्दामा जुनसुकै तहमा पनि मिलापत्र गर्न सक्ने प्रावधान छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्