पूर्वाधार वाच, काठमाडौं ।
अग्रिम बाँसबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफूँकै अध्यक्ष विष्णु गिरीको नेतृत्वमा नयाँ कार्यसमिति पुनः चयन गरेको छ। मंसिर २२ गते सम्पन्न १३औं वार्षिक साधारणसभाले सर्वसम्मत रूपमा ७ सदस्यीय कार्यसमिति गठन गरेको हो।
नयाँ नेतृत्व–टीम
-
अध्यक्ष: विष्णु गिरी
-
उपाध्यक्ष: अमृत पण्डित
-
सचिव: चन्द्रबहादुर लामा
-
कोषाध्यक्ष: उद्धव थापा मगर
-
सदस्यहरू: कृष्ण गिरी, सूर्यलाल श्रेष्ठ, विनोद भण्डारी
यसअघि रहेको ९ सदस्यीय समिति परिमार्जन गरी यस वर्ष साधारणसभाले ७ सदस्यीय समितिलाई अनुमोदन गरेको छ।
लेखा सुपरिवेक्षण समिति पनि गठन
साधारणसभाले टोपराज गिरीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको छ।
अतिथिको उपस्थिति र अभिव्यक्ति
बसुन्धरास्थित सीमा पार्टी प्यालेसमा आयोजित साधारणसभा संस्थाका अध्यक्ष विष्णु गिरीको सभापतित्वमा तथा काठमाडौं महानगर–३ का वडा अध्यक्ष प्रेम थापाको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
उद्घाटन गर्दै प्रमुख अतिथि थापाले “मजबुत वित्तीय संस्कार भएको सहकारीले कहिल्यै समस्या सिर्जना गर्दैन” भन्दै वडाले सहकारीका विकास र सुशासनका लागि निरन्तर साथ दिने बताएका थिए। त्यसैगरी सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष गोविन्द गिरीले सहकारी ऐन–कानुन, शेयर सदस्यका भूमिका र अधिकारका विषयमा प्रशिक्षण–आधारित सुझावहरू प्रस्तुत गरे। कार्यक्रममा वडा नं. ३ का जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि र शेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो।
वार्षिक प्रतिवेदन : वृद्धि र उपलब्धि
संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गिरीले शेयर सदस्य र कर्मचारीको सक्रियताले सहकारीलाई व्यवस्थित तथा सक्षम संस्थामा रूपान्तरण गर्न सफल भएको बताए। उनका अनुसार संस्थाको प्रमुख उद्देश्य सदस्यलाई उचित प्रतिफल र ऋणी सदस्यलाई सुलभ ब्याजदरमा सरल ऋण सेवा प्रदान गर्नु हो।काठमाडौँ महानगर सहकारी विभागको अनुगमनबाट आएका सुझावहरू कडाइका साथ पालना गरिने पनि उनले स्पष्ट पारे। गिरीले पछिल्लो समय केही सहकारीको गैरव्यवसायिक गतिविधिका कारण आम नागरिकमा नकारात्मक धारणा बनेको उल्लेख गर्दै “अग्रिम बाँसबारी सहकारीले उदाहरणीय काम गरेर सकारात्मकता निर्माण गरिरहेको छ” भने।
सहकारीको वित्तीय स्थिति (आ.व. २०८०/८१)
प्रतिवेदनअनुसार सहकारीको
-
शेयर पूँजी: रु. २ करोड २५ लाख ९३ हजार
-
निक्षेप संकलन: रु. ६ करोड ९७ लाख ४९ हजार
-
ऋण लगानी: रु. ७ करोड १४ लाख ४५ हजार
-
जगेडा तथा अन्य कोष: रु. ६९ लाख १० हजार
सम्मान तथा कृतज्ञता
साधारण सभाको अवसरमा संस्थाको स्थापना कालदेखि सक्रिय सहयात्रा जनाएको संचालक तथा कर्मचारीहरूलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव कृष्ण तिमल्सिनाले गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्