images
images
images

रवि लामिछानेसहितलाई प्रतिवादी बनाएर काठमाडौं प्रहरीले बुझायो प्रतिवेदन

images

पूर्वाधार वाच, काठमाडौं।

कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’का सभापति रवि लामिछानेलगायतका विरूद्दमा अदालतमा बसह चलिरहँदा काठमाडौंमा पनि मुद्दा प्रकिया अघि बढने भएको छ ।

कालिमाटी, काठमाडौंस्थित रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे लामिछानेसहित अन्य आरोपी माथीको अनुसन्धान सकेर प्रहरीले आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको हो ।

प्रहरी प्रतिवेदनअनुसार स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी कायम गरेर अनुसन्धान प्रतिबेदन बुझाएको हो । सो सहकारीको रकम हिनामिना भएको ठहर गर्दै लामिछानेसहित ४४ जनासँग १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपितहरु लामिछाने, गोर्खा मिडियाका पूर्व सञ्चालक एवं नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, सहकारीका कोषाध्यक्ष कुमार रम्तेललगायत ५ जना अहिले प्रहरी हिरासतमा थुनामा छन्, थप केही भने अझै फरार छन् ।

पोखरामा थुनछेक र जवाफी बहस चलिरहदाँ पक्राउ नपरेका अन्य प्रतिवादीलाई फरार सूचीमा राखेर प्रहरीले प्रतिवेदन पेश गरेको जनाइएको छ ।

लामिछानेसहितलाइ कास्कीमाझैं काठमाडौंमा पनि सहकारी ठगी, किर्ते र संगठित अपराधमा मुद्दा चलाउन सिफारिस गरिएको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्